समाचारशनिबार, आश्विन २७, २०६९
कसैले चन्दा मागे प्रहरीमा खबर गर्नुः गृहमन्त्रालय
गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा कुनै व्यक्ति वा सङ्घसंस्था, उद्योग व्यवसाय आदिबाट जबरजस्ती चन्दा मागेको पाइएमा त्यस्तालाई कारबाही गर्न स्थानीय प्रशासन तथा प्रहरीलाई निर्देशन दिइएको जनाएको छ ।
केही दिनयता विभित्र राजनीतिक दल तथा सङ्घसंस्थाको नामबाट सर्वसाधारण नागरिक, कर्मचारी, शिक्षक, उद्योगी, व्यवसायीहरूसँग जबरजस्ती चन्दा माग गर्ने गरेको भनी विभित्र सञ्चारमाध्यममा प्रकाशित गुनासो प्रति मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
डर, त्रास दवाब वा धम्की दिई चन्दा उठाउने प्रवृत्तिलाई पूर्णतया नियन्त्रण र कडा कारवाही गर्न स्थानीय प्रशासन र प्रहरीलाई गृहले निर्देशनसमेत दिएको छ । रासस
