समाचारशनिबार, पौष ५, २०७१

‘एमाओवादी गठबन्धन हदैसम्म लचक हुने’

हिमालखबर

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा ५ पुस बिहान बसेको गठबन्धनको बैठकले संविधानका विवादित विषयमा लचकताका साथ सहमति खोज्ने र त्यो नभए अन्य विकल्प रोज्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधानका विवादित विषयमा सत्तारुढ दलले पनि सकारात्मक छलफल अघि बढाएकाले सहमतिका लागि अन्तिम प्रयास गर्ने र नभए अन्य विकल्पमा जाने निर्णय भएको जानकारी दिए ।

उनले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले) ले पेस गरेको प्रस्तावबारे सहमति जुटाउन पहल गर्ने र त्यसमा सहमति नभए सङ्घर्षमा जानेबारे छलफल भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>