समाचारशनिबार, पौष ५, २०७१
प्रक्रियामा जाने कांग्रेस–एमालेको अडान, माओवादी बैठक छोडेर बाहिरियो
प्रधानमन्त्री निवास बालुवाटारमा ५ पुसमा भएको तीन प्रमुख दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले ८ माघ नजिकै आइसक्दा पनि सहमति हुन नसकेको भन्दै अब प्रक्रियाबाट संविधान जारी गर्नका लागि सहमतिमा आउन आह्वान गरेका थिए ।
ओलीले एमाओवादी नेताहरुलाई अब सहमतिको नाममा थप समय खर्चिन नसकिने भन्दै प्रक्रियाबाट संविधान जारी गर्ने चेतावनी दिएको बैठकमा सहभागी एक नेताले हिमालखबरलाई बताए ।
ती नेताका अनुसार एमाओवादीले राखेको एकल पहिचानसहितको संघीयतालाई कांग्रेस–एमालेले कुनै हालतमा नमान्ने बताएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु बैठकबाट निक्लिएका थिए ।
दाहालले एमाओवादी बिना कांग्रेस–एमालेले संविधान जारी गर्न नसक्ने भन्दै चेतावनी समेत दिएका थिए ।
एमाले अध्यक्ष केपी ओलीले सञ्चारकर्मीहरुसँग सहमतिको नाममा समय खर्चिन नसकिने भन्दै प्रक्रियामा गएर संविधान जारी गर्ने स्पष्ट पारे ।
त्यसैगरी बरिष्ठ नेता झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि सहमतिका लागि समय नखर्चिएर अब प्रक्रियाबाटै संविधान जारी गर्ने बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाओवादी नेता नारायणकाजी श्रेष्ठले सत्तारुढ दलले प्रक्रियाको मात्र अडान दोहोर्यााएपछि आफूहरुले बाहिरिएको जानकारी दिए ।
“प्रक्रिया गएर देशलाई निकास निस्कन सक्दैन । हामी अझै सहमतिको प्रयास गर्ने छौं,” उनले भने ।
