समाचारशनिबार, आश्विन २७, २०६९
कार्तिकमा राष्ट्रपतिले कदम चाल्ने सिटौलाको दाबी
दाङ्को लमहीमा २७ असोजमा पार्टी कार्यकताहरुसँगको भेटघाटमा उनले वर्तमान राजनीतिक र संबैधानिक अन्यौलबाट मुलुकलाई निकास दिन राष्ट्रपतिले कदम चाल्ने बताएका हुन् । उनले बहुमत दलहरुको सल्लाहमा राष्ट्रपतिले कार्तिकमा निकास दिने दाबी गरे ।
उनले भने, “संविधानको संरक्षकको नाताले पनि राष्ट्रपतिले निकासका लागि पहल गर्नुपर्ने बाध्यता छ, राष्ट्रपतिले त्यस्तो पहल नगरे उहाँलाईसमेत आक्षेप लाग्नसक्छ ।”
महामन्त्री सिटौलाले दलहरुले राजनीतिक निर्णयका आधारमा चुनावको घोषणा गरी वैशाख महिनामा संविधानसभाको चुनावमा जानु नै अहिलेको उत्तम विकल्प रहेको बताएका थिए ।
