समाचारआइतबार, पौष ६, २०७१
गृहमन्त्री गौतमको प्रमुख सल्लाहकार नेपालद्वारा राजिनामा
गृहमन्त्री बामदेव गौतमका प्रमुख सल्लाहकारबाट प्रदिप नेपालले राजिनामा दिएका छन् ।
नेपालले ६ पुसमा राजिनामा दिएका हुन् । चार वटा मन्त्रालय सम्मालिसकेका नेता नेपाल उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमको सल्लाहकार भएका थिए ।
नेपाल ०५१ मा सञ्चार, ०५४ मा जलस्रोत तथा स्वास्थ्य र ०६३ मा शिक्षा मन्त्री बनेका थिए । समकालीन नेताकै सल्लाहकार नियुक्त भएपछि नेपालकाे अालाेचना हुँदै अाएकाे थियाे ।
एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र बामदेव गौतमसँगैका नेता नेपाल नवौं महाधिवेशनमा उपाध्यक्ष तथा आठौं महाधिवेशनबाट महासचिव पदमा झिनो मतान्तरले पराजित बनेका थिए ।
नेपालले दिक्क लागेर राजिनामा वुझाएको हिमालखबरलाई बताए । उनले भने, ‘‘काम केही छैन, आएर बस्ने मात्रै सल्लाहकार किन हुनुप-यो ।’’
गृहमन्त्री गौतमलाई एक महीनाअघि नै अलपत्र परेर नबस्ने जानकारी दिएको नेपालले बताए । उनले भने, ‘‘मैले एक महीना पहिले नै मेरो काम भएन म छोड्न सक्छु भनेको थिए ।’’

