समाचारआइतबार, पौष ६, २०७१

धक्कीबाट कोही डराउँदैनः खनाल

हिमालखबर

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले १९ दलको धम्कीबाट कोही पनि नडराउने बताएका छन् । रिपोर्टर्स क्लबले ६ पुसमा गरेको कार्यक्रममा उनले भने, “हामीले वर्षे जनयुद्ध देख्यौं, मधेश आन्दोलन देख्यौं, त्यसैले १९ दलको धम्कीबाट कोही पनि डराउँदैन ।”

उनले ‘अब त्यो गर्छौं उ गर्छौं” भनेर हावादारी कुरा नगर्न पनि सुझाव दिए । “१९ दलले सडक आन्दोलनको कुरा नगरे पनि हुन्छ, अब जनता डराउने पक्षमा छैनन्,” उनले भने ।

बालुवाटारमा भएको तीन दलको बैठकबाट एमाओवादी नेताहरु नै उठेर गएको उनको आरोप छ । उनले भने, “उहाँहरु हामीलाई पेल्न खोज्नु भयो भन्दै एक्कासी उठेर जानुभयो, तर उठेर हिडेर वार्ता हुन सक्दैन, सहमतिका लागि बहस गर्नुपर्छ ।”

उनले संविधानसभामा पठाइएको प्रतिवेदन कुनै पनि हालतमा फिर्ता नहुने बताए । “संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पठाएको प्रतिवेदन कुनै पनि हालतमा फिर्ता हुन दिन्नौं,” उनले भने । उनले अब प्रक्रिया गएर पनि ८ माघमै संविधान जारी हुने बताए ।

संघीयताको नाममा मधेश र पहाडलाई कुनै पनि हालतमा छुट्याउने नदिइने भन्दै उनले त्यस्तो दुष्प्रयासको बिरुद्धमा सम्झौता नगरी आफ्नो पार्टी लड्ने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>