समाचारआइतबार, पौष ६, २०७१

गुडिरहेको बसमा करेन्ट लाग्दा ४ को मृत्यु, ८ घाइते

हिमालखबर

काठमाडौँबाट सिन्धुपाल्चोक पाङ्ताङ जाँदै गरेको यात्रुबाहक बसमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ ।

खम्बाबाट झोलिएको ११ हजार भोल्टको तारबाट करेन्ट प्रवाह हुँदा बा २ ख २७०२ नम्बरको बसमा करेन्ट लागेको थियो । करेन्ट लागेर बसका यात्रु बतासे–३ की ७० वर्षीया मनमाया भुजेल, पाङ्ताङ–८ की ४५ वर्षीया सर्किनी स्याङ्वो, गोल्चे–४ का ४५ वर्षीय रेखबहादुर स्याङ्वो र गुम्बा गाविस–६ का २५ वर्षीय कामी भन्ने विकास तामाङ मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका आठ यात्रुलाई काभ्रेको धुलिखेल अस्पतालमा लगिएको छ । बसमा करिब ५५ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

विद्युत् खम्बाको दूरी टाढा भई तार झोलिएर बसमा छोएपछि करेन्ट प्रवाह भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>