समाचारसोमबार, पौष ७, २०७१
एमालेले १५ शहरसहित देशभर सभा गर्ने
नेकपा एमाले देशका १५ मुख्य शहरसहित देशभर बृहत कार्यकर्ता भेला तथा सभा गर्ने भएको छ । पार्टी केन्द्रीय सचिवालयको एघारौं बैठकको निर्णयअनुसार एमालेले १८ पुसमा देशका १५ मुख्य शहरसहित जिल्लामा सभा गर्ने भएको हो ।
माघभित्रै संविधान निर्माणका लागि अनुकूल वातावरण निर्माण गर्न मुख्य शहरसहित सबै जिल्लामा कार्यकर्ता भेला गरिने एमालेले जनाएको छ ।
महासचिव ईश्वर पोखरेलले ७ पुसमा विज्ञप्ति जारी गर्दै कार्यकर्ता भेलालाई पार्टी अध्यक्षलगायत वरिष्ठ नेता, पदाधिकारी एवम् अन्य नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएका छन् ।
कहाँ कसले संबोधन गर्दै ?
जनकपुर- केपी शर्मा ओली
विराटनगर- झलनाथ खनाल
वीरगन्ज- माधवकुमार नेपाल
नेपालगन्ज- वामदेव गौतम
पोखरा- विद्यादेवी भण्डारी
धनगढी- युवराज ज्ञवाली
भीमदत्तनगर- अष्टलक्ष्मी शाक्य
बुटवल- भीमबहादुर रावल
लहान- ईश्वर पोखरेल
चितवन- विष्णुप्रसाद पौडेल
सुर्खेत- घनश्याम भुसाल
हेटौँडा- प्रदीपकुमार ज्ञवाली
धनकुटा- पृथ्वीसुब्बा गुरूङ
बाग्लुङ- गोकर्ण विष्ट
डोटी- योगेश भट्टराई
