समाचारशनिबार, आश्विन २७, २०६९

दलहरुले वाचा पूरा गरेनन्: राष्ट्रपति

हिमालखबर

नेपाल च्याम्बर अफ कमर्सले २७ असोजमा आयोजना गरेको स्थापना दिवसको कार्यक्रमलाई सम्बोधनगर्दै राष्ट्रपतिले दलहरुले पटक पटक वाचा गरे पनि सहमति नगर्दा संवैधानिक र राजनीतिक सङ्कट झन गहिरिदै गएको बताए ।

यादवले समयमा सहमति नहुँदा मुलुकले बजेट पाउने हो कि होइन भन्ने अन्यौलता छाएको भन्दै सहमतिको सरकार, बजेट र संविधान जारी गर्ने वातावरण मिलाउन दलहरुलाई आग्रह गरे ।

संवैधानिक निकायमा बिभिन्न पदपूर्ति गर्न र रिक्त भएका संवैधानिक निकायलाई सहि तरिका बाट व्यवस्थापन गर्न पनि उचित कानूनको अभाव रहेको बताउँदै राष्ट्रपतिले सहमतिविना कुनै पनि निर्णय गर्न नसकिने प्रष्ट पारेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>