समाचारमंगलबार, पौष ८, २०७१

बैंककमा अपहरित नेपाली युवाहरुकाे सकुसल उद्वार

हिमालखबर

थाइल्याण्डको बैंककमा नेपाली युवाहरुकाे अपहरण गर्न नेपालीकै संलग्नता रहेकाे अाशंका गरिएकाे छ ।

५ पुसमा अपहरणमा परेका तीन नेपाली युवालाई अाज (८ पुस) नेपाल प्रहरीकाे केन्द्रिय अनुसन्धान ब्यूराे (सीअाईबी) र बैंकक प्रहरीकाे संयुक्त टाेलीले मुक्त गराएकाे छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका अनुसार दुवै देशका प्रहरीले अपहरित नेपाली युवाहरुलाई अपहरण मुक्त गराएकाे हाे ।

अपहरणमा पर्नेमा प्राध्यापक कृष्ण हाछेथुका छोरा पनि रहेका छन् । हाछेथुका अनुसार छोरालाई सकुसल उद्धार गरेको बैंकक प्रहरीले जानकारी दिएको छ ।

हाछेथुले भने, ‘‘घटनाको अन्य विवरण थाहा हुन सकेको छैन, त्यहाँका प्रहरी प्रमुखसँग कुरा भयो । अनि छोरासँग पनि कुरा गर्दा ठीक छु भनेको छ ।’’

अपहरणमा नेपालीकै संलग्नता रहेकाे अाशंकामा अनुसन्धान अघि बढाइएकाे प्रहरीले जनाएकाे छ । अपहरणको कारण  बारेमा खुल्न सकेको छैन ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>