समाचारमंगलबार, पौष ८, २०७१

‘देशलाई विखण्डनतिर लैजानेगरी सहमति हुँदैन’

हिमालखबर

kpनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विखण्डनतिर लैजानेगरी कुनै हालतमा सहमति नगर्ने बताएका छन् ।

८ पुसमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले ‘संघीयता केटाकेटीको भाँडाकुटी खेल’ नभएकाले देशलाई रुवान्डा बनाउनेगरी सहमति नहुने बताए । उनले भने, ‘‘तराईमा जातको कुरा गर्न नहुने अनि पहाडमा भूगोल भन्नै नपाइने भनेको के हो ?’’

राष्ट्रिय एकता, सामाजिक सद्भाव भड्काउने कुरालाई संविधानमै उल्लेख गरौं भन्ने अडान मान्न तयार नहुँदा दलहरुबीच  सहमति कायम हुन नसकेकाे बताउँदै अाेलीले भने, “अव पूर्ण सहमति जुटाउने नाममा संविधान नबन्ने बाटाेतिर लाग्नु हुँदैन,  एमाले ८ माघमै संविधान ल्याउन लागी परेकाे छ ।”

संविधान जारी भएपनि नभएपनि रक्तपात मच्याउँछु भन्ने धम्की नदिन उनले आग्रह गरे । उनले भने, ‘‘संविधानसभाभित्र रक्तपात मच्याउने भनेर कसलाई भनेको ? हाेइन, प्रचण्डलाई किन नाटकघरले लैजादैन ? उनी जस्ताे राम्राे नाटक गर्ने मान्छे मैले देखेकाे छैन ।’’

ओलीले आफु राजामहाराजा नभई देशको सिपाही भएको बताए । ‘‘राजामहाराजा हुने कल्पना पनि गर्दिन, तर जनप्रतिनीधि हुँ । देशलाई बर्वादी हुनबाट रोक्नु मेरो दायित्व हो’’, ओलीले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>