समाचारशनिबार, आश्विन २७, २०६९

संविधान सभाको पुनःस्थापना अनैतिकः यादव

हिमालखबर

बन्दना झा, सर्लाही

सर्लाहीको नवलपुरमा २७ असोजमा भएको पत्रकार भेटघाटमा संविधानसभाको म्याद
बढाएर चार बर्ष पुरयाउनु नै अनैतिक कार्य भएको भन्दै उनले पुनर्जीवित गर्न खोज्नु अवैधानिक हुने पनि दावी गरे ।

यादवले मुलुकलाई निकास दिन तटस्थ व्यक्तिको नेतृत्वमा सरकार गठन गरेर ताजा
जनादेशमा जानु सर्वोत्तम विकल्प भएको धारणा राखे ।  जनताले दुई बर्र्षका लागि चुनेपनि म्याद थपेर चारबर्र्षसम्म संविधान बनाउन नसक्ने संविधानसभा पुनःस्थापना गर्न खोज्नु पूर्णरुपले अनैतिक कार्य हुनेमा उनले जोड दिए ।

अध्यक्ष यादवले मुलुकलाई निकास दिन निर्वाचन बाहेक अर्को विकल्प नभएको भन्दै
निर्वाचनका लागि बाधा अडकाउ फुकाउन दलहरुबीच सहमति आवश्यक रहेको प्रष्ट पारे ।

त्यस्तै  यादवले मधेशीदलहरुबीच एकता हुन नसक्ने पनि बताएका छन् । मधेशका
मुद्दामा मोर्चाबन्दी मात्र हुनसक्ने भन्दै उनले तराई मधेश लोकतान्त्रिक पार्टीसँग एकीकरणको सम्बाद प्रराम्भ भएको लामो समयसम्म पनि प्रगति हुन नसकेको खुलाए ।

उनले वर्तमान सरकारलाई भ्रष्ट र विकृत भइसकेको आरोप लगाउँदे सहमतिका लागि सरकार बाधक रहेको बताए । प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार छाडेर सहमतिको बाटो खुला गरिदिनुपर्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>