समाचारबुधबार, पौष ९, २०७१
भट्टराईले भने, ‘नेतृत्वमा गिरिजा र माधव नहुनु समस्या’
एमाओवादीका नेता बाबुराम भट्टराईले १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्ने नेताहरु नेतृत्वमा नहुँदा समस्या सुल्झन नसकेको बताएका छन् ।
नेपाल पत्रकार महासंघले काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले कांग्रेस र एमालेको नेतृत्वमा आएको परिवर्तनले विगतका सहमति र सम्झौता कार्यान्वयनमा समस्या आएको बताए ।
उनले भने, ‘‘कांग्रेस र एमालेको नेतृत्वतमा आएका व्यक्तिहरुले शान्ति सम्झौताको मर्म वुझ्न सकेनन् ।’’ भट्टराईले १२ बुँदेमा हस्ताक्षर गर्ने गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको र माधव नेपाल एमाले नेतृत्वमा नरहेकाले समस्या आएको बताए ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण सहमति कायम हुन नसकेको भट्टराईले बताउँदै आएका छन् ।
