समाचारबुधबार, पौष ९, २०७१

सहमति भए निमावली संशोधन गरेर संविधानः नेम्वाङ

हिमालखबर

subash_nemwangसंविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलका नेताहरूबीच सहमति भए नियमावली संशोधन गरेर भएपनि निर्धारित मितिमै संविधान जारी गर्न सकिने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घले काठमाडौंमा ९ पुसमा गरेको ‘राष्ट्र निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक गोष्ठीमा उनले दलहरूबीच सहमति भएमा संविधान ८ माघमा नै आउने सम्भावना रहेको बताए ।

नेम्वाङले भने, “दलहरू २४ घण्टा खटेर संविधानका विवादित विषयमा सहमति प्रयास गर्नुस्, तोकिएको मितिमै संविधान जारी गर्न सकिन्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>