समाचारबुधबार, पौष ९, २०७१
सहमति जुटाउन प्रमुख चार दल छलफलमा
संविधानका विवादित विषयमा सहमति जुटाउन मधेश केन्द्रित मोर्चासहित प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।
प्रधानमन्त्री निजी निवास बालुवाटारमा ९ पुस साँझ साढे चार बजेदेखि छलफल बोलाइएको छ ।
एकअर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएका शीर्ष नेताहरुबीच पछिल्लो केहीदिन यता छलफल समेत हुन सकेको छैन । ८ पुसमा बस्न नसकेको बैठक पुनःप्रधानमन्त्रीले बोलाएको हो ।
