समाचारबिहीबार, पौष १०, २०७१

प्रधानमन्त्रीद्वारा सहमति प्रयास

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले सहमति निर्माणका लागि विभिन्न दलसँग छलफल थालेका छन् । दलहरुबीच सहमति प्रयासका लागि प्रधानमन्त्री कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा १० पुस बिहान भएको भेटवार्ता संविधान निर्माणको विषयमा केन्द्रित रहेको छ । भेटपछि दाहालले दलहरुबीच विश्वासको वातावरण बनाउन एक पक्षीय तथा दुई पक्षीय भेटवार्ता तीब्र पार्ने बारे छलफल भएको बताए ।

प्रधानमन्त्रीले १० पुसमै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, मधेशी मोर्चाका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्दै छन् । प्रधानमन्त्रीले विभिन्न दलसँग छलफल गरेपछि १० पुस साँझ संविधानका विवादित विषयमा चार दलबीच छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>