समाचारबिहीबार, पौष १०, २०७१

संविधानमा होइन सत्तामा विवादः महत

हिमालखबर

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सत्ता समिकरणको विषयमा दलहरुबीच सहमति हुन नसकेको बताएका छन् । रिपोर्टर्स क्लबले १० पुसमा गरेको कार्यक्रममा उनले संविधान जारी भएपछि सत्ता समिकरणको विषय सहमति हुन नसकेको बताएका हुन् ।

उनले भने, “दलहरुबीच सबै कुरा मिलेको छ, तर संविधान जारी गरेपछि कसको कुन हैसियत हुने, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री को बन्ने भन्ने विषयमा विवाद छ ।”

संविधानको अन्तर्वस्तुमा विवाद रहेको भनेर जनतालाई गुमराहमा पार्न खोजिएको भन्दै उनले अब जनतालाई खास कुरा बताउन नेताहरुलाई आग्रह गरे । उनले ८ माघमा संविधान जारी हुन नसक्ने बताए ।

“माघ ८ गते कुनै पनि हालतमा संविधान आउन सक्दैन, मस्यौदा मात्रै ल्याउन सके पनि ठूलो विजय हुनेछ,” उनले भने । उनले एमाओवादी नेतृत्वको मोर्चाले गरेको आन्दोलनको घोषणा पनि सत्ता भागबण्डाकै लागि भएको टिप्पणी गरे ।

८ माघमा संविधान जारी हुँदैनः रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यथास्थितिमा ८ माघमा संविधान जारी हुन नसक्ने दावी गरेका छन् । कार्यक्रममा उनले अब ८ माघमा संविधान जारी हुन असम्भव हुने बताए ।

उनले सहमति नभएको अवस्थामा प्रक्रियाबाट संविधान जारी गर्नु चुनौतिपूर्ण रहेको बताए । “प्रक्रियाबाट संविधान जारी गर्नु चुनौतिपूर्ण छ, तर त्यसको विकल्प छैन,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>