समाचारशुक्रबार, पौष ११, २०७१

हतारमा संविधान जारी गरे अर्को द्वन्द्वः बाबुराम

हिमालखबर

baburam_bhattaraiसंविधान जारी गर्नका लागि दलहरु आफैंले प्रतिवद्धता गरेको मिति ८ माघ नजिकिंदै गर्दा एमाओवादी नेता बाबुराम भट्टराईले संविधान जारी गर्न हतार गर्न नहुने बताएका छन् ।

गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले असहमतिकै बुँदा थाँती राखेर ८ माघमा संविधान जारी गर्न नहुने धारणा व्यक्त गरे ।

उनले भने, “हतार गरेरसंविधान जारी भयो भने अर्को द्वन्द्वतर्फ देश धकलिन्छ, राम्रो र हाम्रो संविधान जारी गर्नेतर्फ लाग्नुपर्छ ।”

मुख्य चार राजनीतिक दलले उठाउँदै आएका मुद्दालाई समेट्ने गरी संविधान जारी गर्नुपर्ने भन्दै उनले मुख्य चार दलमध्ये एक दललाई बाहिर राखेर संविधान जारी गर्न नसकिने दाबी गरे ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>