समाचारशुक्रबार, पौष ११, २०७१

मन्त्रिपरिषद बैठकः ऋण असुली न्यायाधीकरणमा पदाधिकारी नियुक्ति

हिमालखबर

singhdurbarसिंहदरबारमा ११ पुसमा भएको मन्त्रिपरिषद्को बैठकले ऋण असुली न्यायाधीकरणको अध्यक्षमा कानुन मन्त्रालयका उपसचिव शेरधन कार्की, बैँकिङ् सदस्यमा उपेन्द्रबहादुर कार्की र लेखा सदस्यमा रामशेखरप्रसाद चौधरीलाई नियुक्त गरेको छ ।

सरकारले अदालतको निर्णयको सम्मान गर्दै सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक रञ्जन कोइरालालाई भविष्यमा सरकारी नोकरीका लागि अयोग्य हुने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको कानुन मन्त्री नरहरि आचार्यले जानकारी दिए । रञ्जन कोइराला पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका छन् ।

त्यसैगरी बैठकले नेपाल औद्योगिक व्यवस्थापन लिमिटेड सञ्चालक समितिको अध्यक्षमा नन्दकिशोर बस्नेतलाई नियुक्त गर्नुका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई नेपाल र ओमानबीच हवाई सेवा सञ्चालनका लागि भएको समझदारी पत्रमा हस्ताक्षर गर्न अनुमति दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>