समाचारशुक्रबार, पौष ११, २०७१

पेशावर स्कुल आक्रमणका मुख्य योजनाकार मारिए

हिमालखबर

पेशावर स्कुल आक्रमणमा परी निधन भएका आफ्ना छोराको तस्वीर देखाउँदै शैयद साह । फाइल तस्वीर: एपी

पेशावर स्कुल आक्रमणमा परी निधन भएका आफ्ना छोराको तस्वीर देखाउँदै शैयद साह । फाइल तस्वीर: एपी

पेशावर स्कुल आक्रमणका मुख्य योजनाकार भनिएका पाकिस्तानी तालिबानका कमान्डर सेनाको कारवाहीमा मारिएका छन् ।

स्थानीय प्रशासक शहाब अली शाहले सुराकीका आधारमा पाकिस्तानी सेनाले ९ पुस राति खैबर पख्तुनख्वाह प्रान्तको बारा क्षेत्रमा गरेको कारवाहीमा सद्दाम भनिने ‘तहरिक ए तालिवान’ का कमाण्डर १० पुस राति मारिएको पुष्टी गरेका छन् ।

पेशावरको आर्मी पब्लिक स्कूलमा भएको आक्रमणमा १३२ बालबालिकासहित १४० भन्दा बढीको ज्यान गएको थियो ।

आतंकवादी कमान्डर सद्दाम र उनका साथीहरुको पाकिस्तानी सैनिकसँग करिब एक घन्टासम्म भएको भिडन्तमा पाकिस्तानी तालिवानका कमान्डर सद्दाम मारिनुका साथै उनका घाइते साथीहरु पक्राउ परेको शाहले जानकारी दिएका छन् ।

अहिले सेनाले घाइते तालिवानीहरुसँग सोधपुछ गरिरहेको बताइएको छ ।

पाकिस्तानी सुरक्षा बलले सद्दाम ‘तहरीक़-ए-तालिबान’ का प्रमुख समूह कमान्डर भएको र पेशावरमा पोलियो खोप अभियानमा सहभागी स्वास्थ्यकर्मी माथि आक्रमण लगायत अन्य अपराधका दोषी समेत भएको दाबी गरेको छ ।
एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>