समाचारशुक्रबार, पौष ११, २०७१

प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो

हिमालखबर

चिनियाँ विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री सुशील कोइरालालाई चीन भ्रमणको निम्तो दिएका छन् ।

तस्वीर: रासस

तस्वीर: रासस

प्रधानमन्त्री कोइरालासँग ११ पुसमा भेट गरेका चिनियाँ विदेश मन्त्री वाङ यीले दुई देशको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै चीन भ्रमणको लागि निम्तो दिएको भेटमा संलग्न प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।

विदेशमन्त्री यीले नेपालको विकासका लागि सहयोग गर्न चीन तयार रहेको अवगत गराउँदै नेपालमा शान्ति र स्थिरता हुनुपर्नेमा जोड दिएका थिए । उनले नेपालको विकासका लागि पूर्वाधारको विकास महत्वपूर्ण भएको बताउँदै त्यसमा चीनको लगानी सदुपयोग गर्न आग्रह गरे ।

संविधान निर्माण समयमै होस् भन्ने चीनको सदिच्छा भएको बताउँदै नेपाल चीनको प्राथमिकतामा पर्ने बताएको परराष्ट्र सल्लाहकार भट्टराईले जानकारी गराए ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको विकासमा चीनले गरेको सहयोगको सराहना गर्दै नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको बताए ।

आगामी वर्ष नेपाल–चीन सम्बन्धमा ६०औँ वर्ष गाँठका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने अवगत गराउँदै प्रधानमन्त्री कोइरालाले सन् १९५९ मा बिपी कोइरालाले चीनप्रति प्रतिपादन गरेको सम्बन्ध बारेमा स्मरण गराएको पनि सल्लाहकार भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री कोइरालाले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिंदै हालै मात्र चिनियाँ राष्ट्रपतिले सार्वजनिक गरेको विदेश नीतिमा नेपाललाई दिएको प्राथमिकताप्रति आभार प्रकट गरे ।

राष्ट्रपति यादवसँग शिष्टाचार भेट

वाङले राष्ट्रपति रामवरण यादवसँग पनि राष्ट्रपति कार्यालय शीतलनिवासमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो ।

तीनदिने औपचारिक सद्भावना भ्रमणका क्रममा विदेश मन्त्री यी १० पुसमा राजधानी आएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>