समाचारशुक्रबार, पौष ११, २०७१

एमालेमा पाँच स्थायी कमिटी सदस्य थपिए

हिमालखबर

umlएमाले स्थायी कमिटीको ११ पुसमा बसेको बैठकले थप पाँचजनालाई कमिटी सदस्यमा मनोनयन गरेको छ । योसँगै स्थायी कमिटी सदस्य २२ पुगेको र अब एक सदस्य मनोनित गर्न बाँकी रहेको महासचिव ईश्वर पोखरेलले बताए ।

थप सदस्यहरुमा सुरेन्द्र पाण्डे, शंकर पोखरेल, किरण गुरुङ, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डल छन् ।

बाँकी एक जनाको नाम पार्टीका वरिष्ठ नेताहरूसँग परामर्श गरी अध्यक्षले प्रस्तावित गर्ने एमालेले जनाएको छ।

स्थायी कमिटीमा मनोनित सुरेन्द्र पाण्डेबाहेक सबै अध्यक्ष ओलीपक्षीय हुन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>