समाचारशनिबार, पौष १२, २०७१

पृथ्वीनारायण र महेन्द्र राष्ट्रवादी राजाः गृहमन्त्री

हिमालखबर

उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले २५० वर्षे राजतन्त्रमा आफूले पृथ्वीनारायण शाह र महेन्द्र शाहलाई मात्र राष्ट्रवादी पाएको बताएका छन् ।

इतिहासको अध्ययनमा राष्ट्रनिर्माता पृथ्वीनारायण र महेन्द्र शाह नेपालको राजतन्त्रको इतिहासमा सर्वाधिक राष्ट्रवादी रहेको गृहमन्त्री गौतमले बताए ।

“इतिहास अध्ययन गर्दा इमान्दार हुनुपर्छ,” उनले राजधानीमा १२ पुसमा आयोजित कार्यक्रममा गौतमले भने, “कसैको योगदानलाई मिनिमाइज गर्नु हुँदैन ।”

गृहमन्त्री वमादेव गौतमले नेपालमा राजाको मात्र शालिक पुनर्स्थापनाको माग उठेकोमा असन्तुष्टि राख्दै भने, “राजाकोमात्र होइन, जनताको छोराको पनि शालिक स्थापना हुनुपर्छ ।”

सरकारले राष्ट्रिय एकता दिवसका दिन पुस २७ गते विशेष कार्यक्रम गर्नुपर्ने मागप्रति पनि उपप्रधानमन्त्री गौतमले खासै टिप्पणी गरेनन् ।
“एकता दिवसको बहस पनि चल्दैछ,” उनले भने, “एकदिन रिभ्यू होला ।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी विचार अभियानले आयोजना गरेको “राष्ट्रिय पहिचान र राष्ट्रनिर्माता पृ्थ्वीनारायण शाह ” विषयक अन्तरक्रियामा कांग्रेस नेता खुमबहादुर खड्काले मुलुकमा धर्मनिरपेक्षता घोषणा गरिएकोमा आत्मग्लानी महशुस भएको बताए ।

“धर्मनिरपेक्षताको विषयमा पार्टीमा शुरुदेखि नै आवाज उठाइरहेको छु,” उनले भने, “अब जनमत संग्रह गर्नुपर्छ, जनताको कुरा सुन्नुपर्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>