समाचारआइतबार, पौष १३, २०७१

एयर एशियाको विमान १६२ यात्रुसहित वेपत्ता

हिमालखबर

air_asia_flight_624x351_epaइन्डोनेशियाबाट सिंगापुर जाँदै गरेको एयर एशियाको विमान ‘एयरबस ए ३२०–२००’ वेपत्ता भएको छ ।

एयरलाइन कम्पनी एयर एशियाले क्यूजेड ८५०१ कल साइन भएको विमानको ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएको जनाएको छ ।

इन्डोनिशियाली सञ्चारमाध्यमहरुले विमानमा १६२ यात्रु र चालक दलका सदस्य रहेको उल्लेख गरेका छन् ।

इन्डोनेशियाको सुराबाया विमानस्थलबाट उडेको विमानको स्थानीय समय अनुसार ७ः२४ बजेदेखि जाकर्ता ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएको थियो ।

इन्डोनेशियाली उड्डयन मन्त्रालयका अनुसार विमान सुराबाया र सिंगापुरको बीच जावा समुद्रको आकाशमा रहेका बेला सम्पर्क विच्छेद भएको हो । त्यसअघि विमानले असामान्य रुटको माग गरेको अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>