समाचारआइतबार, पौष १३, २०७१

संविधान निर्माणका लागि विद्यार्थीको सडक बहस

हिमालखबर

फेसबुक तस्वीर

फेसबुक तस्वीर

संयुक्त विद्यार्थी सङ्गठनले ८ माघभित्र संविधान ल्याउन दबाब दिन ‘सडक बहस कार्यक्रम’ गरेको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा १३ पुसमा भएको कार्यक्रममा सहभागीले संविधान नआउने खतरा रहेकाले निरन्तर सडकबाट खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले नागरिकलाई बलियो बनाउने संविधान छिटो ल्याउनुपर्ने बताए । उनले संविधान नबनुन्जेल सडक तताउन सबैसँग आग्रह गरे ।

शान्ति र प्रजातन्त्रका लागि पेसागत सञ्जाल (पापड)का अध्यक्ष डा अञ्जनीकुमार झाले नेताहरूले समयमा संविधान जारी गर्न आनाकानी गरिरहेको आरोप लगाए । उनले अब नागरिकस्तरबाटै सशक्त दबाब दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अनेरास्ववियु, नेविसङ्घ र अखिल (क्रान्तिकारी) लगायत प्रमुख विद्यार्थी सङ्गठनको सहभागिता थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>