समाचारआइतबार, पौष १३, २०७१
सीके राउत फेरि पक्राउ

फाइल तस्वीर
महोत्तरीको जलेश्वरस्थित महेन्द्र चोंकमा आयोजित सभालाई सम्बोधन गर्न जाँदै गरेका सीके राउतलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ ।
देशद्रोहको अभियोगमा यसअघि पक्राउ परेका राउत विशेष अदालतबाट रु ५० हजार धरौटीमा छुटेका थिए । तर, हिरासतबाट छुटेलगत्तै राउतले फेरि तराईलाई छुट्टै राज्य बनाउने भन्दै सभा गर्दै अाएका थिए ।
१४ पुसमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न हिडेका राउतलाई पिपराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राउत पक्राउ परेपछि प्रदर्शनमा उत्रिएका उनका केही समर्थकहरु प्रहरीको लाठी चार्जबाट घाइते भएका छन् ।
