समाचारमंगलबार, पौष १५, २०७१
लोकन्थलीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
१४ पुस राति करिब १ः३० बजे भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.९च ६५६४ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको बा.१७प १९४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक मध्यपुरथिमि बोडे निवासी ३६ वर्षीया देवकी थापाको मृत्यु भएको थिमीका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।
प्रहरीका अनुसार कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक मध्यपुरथिमि बोडे निवासी थापाको काठमाडांै मेडिकल कलेज सिनामङ्गलमा उपचारकै क्रममा १५ पुस बिहान ३ बजे मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ४५ वर्षीय जीवन थापाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने कार र चालक काठमाडांै महाराजगन्ज बस्ने २५ वर्षीय आदित्य अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस
