समाचारआइतबार, आश्विन २८, २०६९

राष्ट्रपतिको भूमिकाले अर्थ राख्छः सभापति कोइराला

हिमालखबर

२८ असोजमा नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “संविधानको संरक्षक र पालकको हैसियतले राष्ट्रपतिले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ, त्यो उहाँको कुरो हो, नेपाललाई असफल राष्ट्र हुन नदिन राष्ट्रपतिको भूमिकाले भने महत्वपूर्ण अर्थ राख्छ ।”

सभापति कोइरालाले सहमति गर्दै जाने अनि तोड्दै जाने प्रवृति एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नछाडेसम्म उनको कुनै पनि प्रस्तावलाई विश्वास गर्न नसकिने प्रष्ट पारे ।

नेपाली कांग्रेस ताजा जनादेशमा जानुपर्ने पक्षमा रहेको र अब पार्टीले आधिकारिक निर्णय गर्ने भन्दै पार्टीका कुन नेताले के भने त्यो महत्वपूर्ण कुरा नभएको कोइरालाको भनाई थियो ।

राजनीतिक सहमतिका लागि राष्ट्रिय सहमतिको सरकार आफ्नो दलको पहिलो शर्त रहेको अडान दोहोर्याउँदै भने, “सरकारमा को प्रधानमन्त्री हुने कुरा महत्वपूर्ण होइन, त्यो सरकारले अहिलेको राजनीतिक गतिरोधको गाँठो फुकाउनुपर्छ त्यो महत्वपूर्ण पक्ष हो । ”

संविधान निर्माणको मूलभूत सिद्धान्तमा साझा सहमति निर्माण गर्नु नै अहिलेको मुख्य चुनौती भएको ठहर गर्दै कोइरालाले थपे, “सबै दल लोकतान्त्रिक मूल्य, मान्यताका आधारमा मुलुक र नागरिकप्रति जिम्मेवार हुन सकेमा मात्र सहमतिको वातावरण निर्माण हुन सक्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>