समाचारमंगलबार, पौष १५, २०७१

एयर एशियाको वेपत्ता विमानः ४० शव फेला

हिमालखबर

AFPइन्डोनेशियाको जल सेनाले एयर एशियाको वेपत्ता विमान क्यूजेड ८५०१ को खोजीका क्रममा कम्तिमा पनि ४० शव फेला पारेको छ ।

जाभा समुद्रमा दुर्घटनाग्रस्त विमानका टुक्रा देखिएपछि भएको खोजीका क्रममा ४० शव वरामद गरिएको हो ।

इन्डोनेशियाको यातायात मन्त्रालयका अनुसार कालिमानतन नजिक जाभा समुद्रमा एयर एशिया विमानका टुक्रा, यात्रुका सामान र शवहरु फेला परेका छन् ।

वेपत्ता विमानका यात्रुका आफन्तहरुले टेलिभिजनमा समुद्रमा शव तैरिरहेको दृष्य देखेपछि भावकु भएका थिए भने एकजना बेहोस भएका थिए ।

इन्डोनेशियाको सुराबायाबाट सिंगापुर जाँदै गरेको विमान १३ पुसमा १६२ यात्रुका साथ वेपत्ता भएको थियो ।

उडान भरेको दुई घण्टापछि वेपत्ता भएको विमानको खोजीमा सिंगापुर, मलेशिया, अष्ट्रेलिया र फ्रान्स सहभागी छन् ।

यसअघि इन्डोनेशियाको खोजी र उद्दार एजेन्सीका प्रमुखले विमान समुद्रको पिंधमा पुगेको अनुमान गरेका थिए । उनका अनुसार वेपत्ता विमानको खोजी कम्तिमा पनि ३० वटा सैन्य जहाज, १५ एयरक्राफ्ट र सात हेलिकप्टरले गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>