समाचारमंगलबार, पौष १५, २०७१

‘सक्छौ भने रक्तदान गर, रक्तपातको धम्की नदेउ’

हिमालखबर

kp oliएमाले अध्यक्ष केपी ओलीले ८ माघमा संबिधान जारी गर्न पुग्ने दुइतिहाई सभासद तयार अबस्थामा रहेको बताएका छन् ।

१५ पुसमा एमाले झापाको पहिलो जिल्ला परिषद् उद्धघाटन गर्दै ओलीले भने “माओवादीको हठ र असहयोगका बाबजुद संबिधान जारीगर्न हामी लागेका छौं ।” माओबादीले प्रकृया, बिधि र नियम नमानी स्वेच्छाचारीतातिर लाग्दा देश बन्धक बनेको ओलीले आरोप लगाए ।

निर्धारित मितिमा संबिधानसभाबाट संबिधान जारी भए रक्तपात हुने एमाओबादी नेताको अभिव्यक्तिप्रति लक्षित गर्दै  उनले भने, “सक्छौ भने रक्तदान गर, रक्तपातको धम्की नदेउ ।”

ओलीले मुलुकलाई राजनीतिक निकास दिएर बिकासको बाटो समात्न एमाओबादीको अर्घेल्याँई बाधक भएको टिप्पणी गरे ।

मुलुकमा कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेले गरेको दाबी गर्दै ओलीले सजिलो बेलामा पार्टी खोलेर क्रन्तिका कुरागर्नेहरुलाई समयले धेरैपछाडि धकेलिदिएको दाबी समेत गरेका थिए ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>