समाचारमंगलबार, पौष १५, २०७१

दाहालले घोषणपत्र खुल्ला मञ्चमा पुगेर च्यातुनः गगन थापा

हिमालखबर

Gagan Thapa copyनेपाली कांग्रेसका नेता एवम् सभासद गगन थापाले एमाओवादीले आन्दोलनको धम्की दिनु खराब नियतको उपज भएको बताएका छन्।

१५ पुसमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता थापाले संविधान जारी गर्न प्रक्रियाको विरोध गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनअघि जनतामा बाँडेको ‘सहमति नभए प्रक्रियाबाट भएपनि एक वर्षमा संविधान दिन्छौ’ भन्ने घोषणपत्र खुल्ला मञ्चबाट च्यात्न चुनौति दिए ।

उनले भने, “पहिलो संविधानसभामा प्रक्रियाको दुहाई दिने माओवादी अहिले भाग्दैछ । यस्तो तालले अब माघ ८ मा संविधान जारी हुँदैन ।”

बैठकमा बस्ने नौ शीर्ष नेताहरु मध्ये एक प्रधानमन्त्री सुशील कोइराला पनि आफ्नो कार्यकाल लम्ब्याउन ईच्छुक रहेको र अरु नेताहरु पनि प्रधानमन्त्री र राष्ट्रपति बन्न चाहेकोले अब मनमा राखेर भन्दा खुल्ला रुपमा यस विषयमा छलफल गर्नु जरुरी रहेको थापाले धारणा व्यक्त गरे ।

शीर्ष नेताहरुले सहमति गर्न नसके यूवाहरुले कठोर निर्णय गरेर भए पनि संविधान ल्याउने भन्दै युवा नेता थापाले अब दलहरुले विकल्पसहित छलफल गर्नु पर्ने सुझाव दिए ।

सभाअध्यक्ष भूमिकाप्रति असन्तोष
थापाले पहिलो संविधानसभा विघटनको दोष खेपेका सभामुखले अब त्यस्तो आरोप नसहन राजनीतिक भूमिका निर्वाह गर्नुपर्ने भन्दै त्यसको लागि दलहरुलाई निश्चित मितिसम्म सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्ने अल्टिमेटम दिनुपर्ने बताए ।

उनले भने, “निश्चित मितिसम्म सहमति गर नभए बहुसंख्यक सभासदबाट जारी हुन्छ भनेर सभामुखले अब भन्न सक्नुपर्छ ।”

prakash“सभामुखबाट अपेक्षित पहल भएनः प्रकाशज्वाला
नेकपा एमालेका नेता प्रकाश ज्वालाले शीर्ष नेताहरुले विवादित विषयमा सहमति जुटाउन नसकेकोले नै आफुहरुले युवा सभासद दबाब अयिभान सञ्चालन गरेको उल्लेख गर्दै अझै पनि नेताहरुले सहमतिको नाममा समय व्यतित गरे सभामूखले आफ्नो भूमिका निर्वाह गनुपर्ने बताए ।

उनले भने, “सभामुख भनेको कुनै रेफ्री होइृन, उहाँ त हाम्रो नेता हो, पहल तथा नेतृत्व लिनुपर्छ । उहाँलाई नियामावलीले प्रशस्तै ठाउँ दिएको छ ।”

ज्वालाले तत्काल विवादित विषयमा सहमति कायम नभए प्रक्रियाको कामलाई पनि अघि बढाउनुपर्ने धारणा राखे ।

उनले नेताहरुले सहमति पनि नगर्ने, प्रक्रियामा पनि नजाने हो भने आफूहरुले कडा संघर्ष गर्ने चेतावनी दिए ।

असहमति राखेरै भए पनि संविधान जारी गर्नबाट रोक्नु हुँदैनः महतो

mahatoमधेशी जनअधिकार फोरम नेपालका सभासद वीरेन्द्रप्रसाद महतोले संविधानमा सबैको सहमति हुन नसके असहमत पक्षले नोट अफ डिसेन्ट लेखेर भएपनि संविधानजारी गर्नुपर्नेमा जोड दिदै भने, “संविधान अपरिवर्तनीय हुँदैन पछि आवश्यकता अनुसार संसोधन गर्न सकिन्छ । अहिले नै किन मेरो गोरुको बाह्रै टक्का भनेर बस्ने ?”

देश र जनताको हितको लागि पनि संविधान जारी गर्नै पर्ने भएकोले आफूहरुलाई जनताले टुलुटुलु हेर्न मात्रै संविधानसभामा नपठाएको बताउँदै सभासदहरुले आफ्नै नेताहरुका गलत कुराको विरोध गर्न सक्नुपर्ने महतोले बताए ।

उनले भने, “अहिलेसम्म शिर्ष नेताहरुको विरोध अरुले गर्ने हिम्मत गर्न सकेका छैनन ।”

असफल भईसकेका नेताहरुको पछाडि लागेर  मुलुकको विकास हुन नसक्ने ठोकुवा गर्दै उनले अब पालो यूवाहरुको भएको दाबी गरे ।

उनले असफल सावित नेताहरुलाई अझै पनि शीर्ष नेता बनाएका कारण समस्या आएको दाबी गरे ।

उनले भने, “सत्ता बाँडफाँड तीन घण्टामा गर्न सक्ने नेताहरुले संविधान निर्माणमा सहमति जुटाउन नसक्नु लज्जास्पद कुरो हो ।”

punसहमति बिना संविधान जारी गरे स्थिति भयावह हुने
एमाओवादीका सभासद गणेशमान पुनःले संविधान निर्माण गर्न यूवाहरुले दवाव सृजना गर्नुपर्ने भए पनि सहमतिको खोजी भने गर्नै पर्नेमा जोड दिए ।

उनले विगतमा भएका सहमति तथा सम्झौताहरुलाई आत्मसात गरेर सहमतिको खोजी गर्नुपर्ने भन्दै सहमति बिना प्रक्रियाबाट  संविधान जारी गरे समाधान ननिस्कने बरु मुलुक भयावह स्थितिमा जाकिने चेतावनी दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>