समाचारबुधबार, पौष १६, २०७१

प्रकृयामा जाने कांग्रेसको निष्कर्ष

हिमालखबर

निर्धारित ८ माघमैCongress-Flag संविधान जारी गर्न निमावली संशोधन गर्नुपर्ने कांग्रेसले निष्कर्ष निकालेको छ ।

१६ पुसमा बसेको पदाधिकारी बैठकले सहमति जुट्न नसके प्रकृयाबाट संविधान जारी गर्नुपर्ने निर्णय गरेको हो । सहमतिका नाममा संविधान नै नआउने अवस्था आएकाले तत्काल प्रकृया छोट्याएर संविधान जारी गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनमाथि संविधानसभामा बहस भइरहेका बेला कांग्रेसले अव संविधानसभा अध्यक्षले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने जनाएको छ ।

संविधानसभामा कांग्रेस–एमालेलगायतका दुई तिहाई सभासदले आफ्नै दलको अडान अनुसार धारणा राखिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>