समाचारबुधबार, पौष १६, २०७१
आन्दोलनको भूतले सहमति जुट्न दिएनः कोइराला
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले एमाओवादी र मधेश केन्द्रित दलहरुमा आन्दोलनको भूत चढेकाले सहमति जुट्न नसकेको बताएकी छिन् ।
१६ पुसमा प्रेस युनियन धनकुटाले आयोजना गरेको कार्यक्रममा नेतृ कोइरालाले विपक्षी दलहरुलाई समेत सरकारमा ल्याएर सहमति जुटाउने प्रयास भइरहेपनि सफल हुन नसकेको बताइन् ।
उनले सहमति जुट्न नसके कांग्रेस बहुमतबाट भएपनि संविधान ल्याउने तयारीमा रहेको बताइन् । कोइरालाले भनिन्, ‘‘देशले धान्न नसक्ने प्रदेश बनाउने कुरामा सहमत हुन सकिदैन, बरु बहुमतबाट संविधान जारी भएरै छाड्छ ।’’
सन्तोष रुचाल, धनकुटा
