समाचारबिहीबार, पौष १७, २०७१

सन् २०१४ मा पूर्वी नाकाबाट नौ हजार पर्यटक भित्रिए

हिमालखबर

kakarvittaपूर्वी नाका काँकडभिट्टा भएर सन् २०१४ मा ९ हजार ९४९ जना पर्यटक नेपाल भित्रिएका छन् ।

अध्ययागमन कार्यालय झापाका प्रमुख रामप्रसाद फुयाँलले दिएको जानकारीअनुसार सन् २०१४ को जनवरी १ देखि डिसेम्बरको अन्त्यसम्ममा काँकडभिट्टा नाका भएर ९ हजार ४४९ पर्यटक नेपाल भित्रिएका हुन् ।

यो संख्या अघिल्लो वर्षको तुलनामा ४ हजार २९८ ले बढी हो । अघिल्लो वर्ष ५ हजार ६५१ जना पर्यटक नेपाल भित्रिएको अध्ययागमन कार्यालयका प्रमुख फुयाँलले जानकारी दिए ।

उनका अनुसार नेपाल भित्रने पर्यटकमध्ये सबैभन्दा बढी बङ्गलादेशी छन् । जसमध्ये ५ हजार ५५६ जना बङ्गलादेशी नागरिक र सबैभन्दा कम ३ जना श्रीलङ्काका नागरिक नेपाल भित्रिएको बताइएको छ ।

त्यसैगरी सन् २०१४ मा ९ हजार ४३२ पर्यटक उक्त नाका हुँदै बाहिरिएका छन् ।

बर्सेनि पर्यटक भित्र्ने क्रम बढिरहेको र पूर्वी नाकामा पर्यटन प्रहरी समेतले सेवा दिन थालेपछि पर्यटकले शान्ति सुरक्षाको महसुस गर्नुका साथै उत्साहजनक रुपमा पर्यटकको आगमनमा वृद्धि भएको फुयाँलको भनाइ छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>