समाचारबिहीबार, पौष १७, २०७१

चीनः नयाँ वर्षको उत्सवमा ३५ को मृत्यु

हिमालखबर

c1चीनको शांघाईमा नयाँ वर्षको उत्सव मनाउँदै गर्दा  भीडमा च्यापिएर ३५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

चीनको सरकारी न्यूज एजेन्सी सिन्ह्वाका अनुसार शांघाईको हुआंग्पु जिल्लास्थित चेन यी स्क्वायरमा उक्त घटना भएको थियो ।

शांघाई प्रशासनले नयाँ वर्षको पूर्व सन्ध्यामा राति ११ः३५ बजे भयानक घटना भएको जनाएको छ । दुर्घटनाको स्पस्ट कारण थाहा नभए पनि शांघाइबाट सञ्चालित न्यूज पोर्टले ‘इस्टडे’ का अनुसार स्थानीय एक क्लबको भवनबाट केही व्यक्तिले नक्कली रुपैयाँ सडकमा फालेका थिए । त्यही पैसा टिप्नका लागि भएको भागदौडका क्रममा दुर्घटना भएको हो ।

सामाजिक सञ्जालमा आएका तस्वीरहरुमा सडकमा प्राथमिक उपचार भइरहेको र मानिसहरु कराई रहेको देखिएको छ ।

cचीनमा प्रख्यात सामाजिक सञ्जाल सिना विबोमा एक व्यक्ति लेख्छन, “त्यहाँ भीड कति ठूलो थियो भने कोही पनि आफै हिंड्न सक्ने अवस्था थिएन, भीडसँगै धक्का खाँदै यताउता सर्नुपथ्र्यो ।”

शांघाईको उद्दारकर्मीहरुले दुर्घटनामा मृत्यु हुनेहरुमा युवा विद्यार्थीहरु रहेको जनाएका छन् ।

c2एक साताअघि मात्रै शांघाई प्रशासनले नयाँ वर्षको अवसरमा पूर्वनिर्धारित कार्यक्रम रद्द गरेको थियो । पोहोर करिब तीन लाख मानिस जम्मा भएको उक्त कार्यक्रममा भीड व्यवस्थापन गर्न नसकिने भन्दै प्रशासनले रद्द गरेपछि त्यसको साटो विभिन्न ठाउँमा स्वस्फूर्त कार्यक्रमहरु भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>