थप समाचारबिहीबार, पौष १७, २०७१

६ पसलमा आगलागी

हिमालखबर

रामनगर–१, नवलपरासीमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएको छ ।

१६ पुस राति त्रिनेत्र अटो भिलेजबाट निस्केको आगोले रामु कुवर टेक्टर पार्टस, बिशाल टायर, शर्मा होटल एण्ड इन्डीयन ढावा, गोरखकाली ग्रील उद्योग र सोनु पटेल अटो पार्टस जलेर नष्ट भएको छ ।

आगोलागीबाट झण्डै ६२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रुपन्देही र रामग्राम नगरपालिकाबाट ल्याइएको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>