समाचारबिहीबार, पौष १७, २०७१

‘असहमतिसहित संविधान जारी गरौँ’

हिमालखबर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश, शासकीय स्वरुप र स्थानीय निकायको विवादलाई थाती राखेर अरु विषयमा सहमति गरेर संविधान जारी गर्न सकिने बताएका छन् ।

रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले  भने, “जसरी थालभरिको तातो भात एकैपटक खान खोज्दा समस्या आउँछ, एकएक गाँस गरेर खाए सजिलै सकिन्छ, त्यसैगरी संविधानमा सहमति भएका विषयलाई बुँदागत रुपमा समेटेर लैजाने र सहमति नभएका विषयलाई पछि छलफल गर्दै लैजाने विकल्पमा जानुपर्छ ।”

८ माघमा संविधान नआए पनि देशमा कुनै समस्या नआउने बताउँदै उनले जसरी अहिले देश चलेको छ ८ माघ पछि पनि अन्तरिम संविधानकै भरमा देश सहज रुपमै चल्ने दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>