थप समाचारबिहीबार, पौष १७, २०७१
लहानमा कांग्रेस–एमालेबीच झडप, दुई घाइते
सिरहाको लहान नगरपालिका–१ स्थित सहिद चोकमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा दुईजना घाइते भएको छ । दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार झडपका क्रममा लहान नगरपालिका–१ का प्रमोद यादव र सोठिआइन गाविसका सुमेश यादव घाइते भएका हुन् ।
यादवद्वय एमालेका कार्यकर्ता हुन् । उनीहरुको उपचार लहान अस्पतालमा भइरहेको छ ।
झडपमा उत्रने कांग्रेसका दुई कार्यकर्तालाई प्रहरीले नियन्त्रण गरेको जनाइएको छ । लहान नगरपालिका–१ का पप्पु यादव र इटहर्वा गाविस–४ का रुपेश यादव पक्राउ परेका हुन् ।
लहान–१ स्थित होटल पाराडाइजमा एमालेका नेता तथा कार्यकर्ता बसेका बेला पक्राउ परेका यादवद्वयले ढुङ्गा हानेपछि विवाद भएको थियो ।
