समाचारबिहीबार, पौष १७, २०७१
राप्रपा नेपालको रथयात्रा भक्तपुरमा
निर्धारित मितिमै हिन्दू सनातन राष्ट्रसहितको संविधान जारी गराउन दबाव दिन भन्दै ९ पुसमा झापाबाट शुरु भएको राप्रपा नेपालको रथयात्रा भक्तपुर आइपुगेको छ ।
१८ पुसम्ममा १०८ सभा गर्ने योजनासहितको रथयात्रा खुल्लामञ्चमा पुगेर सकिदैछ । रथयात्रामा १०८ बटुक, १०८ प्रतिकात्मक गाई, १०८ त्रिशुल, ५ वटा धार्मिक झाँकीसहित सहभागी छन् ।
यसैबीच, पार्टीका असन्तुष्ट समूहले रथयात्रालाई कालो झण्डा देखाएका छन् । थानकोट आइपुग्दा पार्टी अध्यक्ष कमल थापाको पुत्ला जलाउनुका साथै कालो झण्डा देखाएका हुन् ।
उनीहरुले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रमा सम्झौता गरेको, मनोनित सभासदमा भ्रष्टाचारको आरोपित गणेश थापालाई पठाएकोलगायत असन्तुष्टि राखेका छन् ।

