समाचारबिहीबार, पौष १७, २०७१
ओखलढुङ्गामा ट्याक्टर पल्टिदा ४ जनाको मृत्यु
ओखलढुङ्गामा ट्याक्टर पल्टिदा ४ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
सिद्धिचरण नगरपालिका–१, वर्णालुमा ट्याक्टर पल्टिदा चालक दाङ्गीमा शेर्पा, स्थानीय ४० वर्षीया दयाराम दाहाल, कुइभीरका १५ बर्षीय रविन अधिकारी र माम्खा–८, का ३५ बर्षीय अमरबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बर्णालुबाट रुम्जाटार जाँदै गरेको ट्याक्टर पल्टेको हो । दुर्घटनामा परी घाइते भएका दीपक विशंखेको रुम्जाटारमा उपचार भइरहेको छ ।
