समाचारशुक्रबार, पौष १८, २०७१
कांग्रेसले अधिकतम लचकता अपनाउने
नेपाली कांग्रेसले नयाँ संविधान निर्माणका लागि अधिकतम लचकता अपनाउने निर्णय गरेको छ । ८ माघमा संविधान जारी गर्नुको विकल्प नरहेको ठहर गर्दै कांग्रेस पदाधिकारी बैठकले त्यसका लागि अधिकतम लचकता अपनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा १८ पुसमा बसेको कांग्रेस पदाधिकारी बैठकले विवादित विषयमा सहमति खोज्न अरु दलसँगको छलफललाई तीब्रता दिने निर्णय गरेको छ । ८ माघमै संविधान जारी गर्न दलहरुकै साझा प्रतिवद्धता भएकाले अरु दलसँग गम्भीर र जिम्मेवार छलफल गर्ने निर्णय भएको सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए ।
खड्काका अनुसार बैठकमा प्रधानमन्त्री कोइरालाले सहमतिमा लागि आफ्नो पार्टीले अधिकतम् लचकता अपनाउनुपर्नेमा जोड दिएका थिए ।
रासस
