समाचारशुक्रबार, पौष १८, २०७१

इतिहास नपढेको कि डलरमा बिकेको ?: थापा

हिमालखबर

B6Rn8u0CMAEc-v-राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म निरपेक्ष राज्य घोषणा गर्नेहरुले धर्मको राजनीति गरेको आरोप लगाएका छन् ।

रथयात्राको १८ पुसमा काठमाडौंको खुल्लामञ्चमा समापन गर्दै थापाले जनताको भोट र क्रान्तिबाट नभई विदेशीको इसारामा देशलाई धर्म निरपेक्ष घोषणा गरिएको बताए । उनले भने, ‘‘हामीलाई धर्मको राजनीति गरेको आरोप लगाउनेहरुले विश्वको इतिहास नपढेको कि डलरको बन्धनमा बाँधिएको हो ?’’

थापाले संसारका ७० देश इसाई, ४० देश इस्लाम सापेक्ष भएको र १ अर्व ८ करोड जनताले मान्ने हिन्दू धर्म सापेक्ष राष्ट्र नेपाल बनाउन नदिनेहरुले धर्मको राजनीति गरिरहेको आरोप लगाए ।

तेस्रो जनआन्दोलन घाेषणा 

अध्यक्ष थापाले अव तेस्रो जनआन्दोलन शुरु भएको बताएका छन् । जनताले चाहेको परिवर्तनको सम्वाहक राप्रपा नेपाल भएकाले अव तेस्रो जनआन्दोलन शुरु भएको बताए ।

हिन्दू राष्ट्र नेपाललाई जनताले अनुमोदन गरिसकेकाले अव कसैले रोक्न नसक्ने बताए ।

मिडियाप्रति आक्रोस

रथयात्रा समापन मन्तव्यमा अध्यक्ष थापाले नेपाली सञ्चार माध्यमको मन आफुहरुले जित्न नसकेको बताएका छन् ।

उनले भने, ‘‘हाम्रो समाचार नलेख्ने, अत्यन्तै कम लेख्नेहरुलाई पनि धन्यवाद । हामी एक दिन तपाईहरुको पनि मन जित्नेछौं ।’’ राप्रपा नेपाल सत्यको बाटोमा भएकाले ढिलो चाँडो मिडिया कभरेज आफुहरुले पाउने आशा व्यक्त गरे ।

मिडियाले आफ्नो रथयात्राको न्यूनीकरण गरेको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>