समाचारशनिबार, पौष १९, २०७१
माओवादी अध्यक्ष वैद्य घर फर्किए
श्वासप्रश्वासमा समस्या देखिएपछि करिब एक सातादेखि अस्पताल भर्ना भएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् ।
नर्भिक अस्पताल थापाथलीमा वैद्यको उपचारमा संलग्न डा वृजेन्द्र श्रीवास्तवले वैद्यको स्वास्थ्यमा पूर्ण रूपमा सुधार आएको बताए । पार्टी प्रवक्ता पम्फा भुसालले विज्ञप्ति जारी गर्दै अस्पताल बसाइका क्रममा उपचारमा संलग्न चिकित्सकको टोली, अस्पताल व्यवस्थापन, स्वास्थ्य अवस्थाबारे चासो राख्दै भेट्न आउने विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबैलाई पार्टीका तर्फबाट धन्यवाद दिएकी छन् ।
बिरामी भएपछि वैद्यले अक्सिजनमार्फत श्वास लिइरहेकामा १७ पुसदेखि बिनाअक्सिजन सहज रूपमै श्वास लिनाका साथै ज्वरो पनि निको भएको थियो ।
वैद्यलाई दम र रुघाखोकीका कारण कमजोर भई समस्या देखिएको डा श्रीवास्तवले बताए ।
