थप समाचारशनिबार, पौष १९, २०७१

विद्यालयमा प्रेसर कुकर विष्फोट, १४ बालबालिका घाईते

हिमालखबर

जनकपुरको एक नीजि विद्यालयमा खाना पकाउन प्रयोग हुने प्रेसर कुकर विष्फोट हुँदा १४ जना विद्यार्थी घाईते भएका छन् ।

घाईतेहरुको जनकपुरको भानुचौकस्थित अस्पतालमा उपचार भईरहेको छ ।

घाईते बालबालिका १२ वर्षमुनिका छन् भने अधिकांशको आँखामा गम्भीर चोट लागेको छ । आँखामा चोट लागेका ७ जनालाई आँखा अस्पतालमा रेफर गरिएको छ ।

जनकपुर उपमहानगरपालिका–१ वकिल टोलस्थित आरडी शिक्षा निकेतनमा १९ पुसमा प्रेसर कुकर विष्फोट भएको हो

विद्यालयको होस्टेलमा बस्दै आएका बालबालिका बिहान विद्यालय परिसरमा आगो ताप्दै गर्दा घूरमा राखिएको मटरको छिमिसहितको प्रेसर कुकर विष्फोट भएको हो ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>