समाचारआइतबार, पौष २०, २०७१

डडेल्धुरा सदरमुकाममा आगलागी

हिमालखबर

डडेल्धुराको सदरमुकाममा आगलागी हुँदा दुई दर्जन घर–पसल जलेका छन् । डडेल्धुराको मुख्य बजार बागवजारमा १९ पुस राति आगलागी भएको हो ।

राति एक बजे भएको आगलागीबाट रु.१ अर्ब भन्दा बढीको क्षति भएको अनुमान छ । आगलागीबाट २१ घर–पसल जलेर नष्ट भएको अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

स्थानीयबासिन्दाले अमरगढी नगरपालीकाको दमकल आउनमा ढिला हुँदा आगलागीबाट बढी क्षति भएको बताएका छन् । दमकल आगो लागेको दुईघण्टा पछि मात्रै पुगेको थियो ।

आगलागी साढे पाँच घण्टापछि बिहान साढे ५ बजे नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासिन्दा र अमरगढी नगरपालिका डडेल्धुराको दमकलले आगो नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>