थप समाचारआइतबार, पौष २०, २०७१

म्याग्दीका सबै गाउँमा इन्टरनेट सेवा विस्तार हुने

हिमालखबर

wifiaccesspointम्याग्दी जिल्लाका सबै गाविसमा वायरलेस इन्टरनेट सुविधा विस्तार गर्नका लागि जिल्ला विकास समितिले रु १ करोड ६५ लाख लागत अनुमानको प्रस्ताव तयार गरेको छ ।

जिल्लाको भौगोलिक अवस्था र प्राविधिक सर्वेक्षण गरी पूर्वाधार निर्माणका लागि सरोकारवालासँग समन्वयका लागि जिविस म्याग्दीले प्रस्ताव तयार गरेको हो ।

इन्टरनेट सेवा विस्तारका लागि भौगोलिक, आर्थिक, प्राविधिक र व्यवस्थापनसम्बन्धी अध्ययन एवम् सर्वेक्षण गरिएको हो ।

वायरलेस इन्टरनेट सेवा विस्तारको योजनालाई यसै वर्षदेखि कार्यान्वयनमा ल्याउने स्थानीय विकास अधिकारी चीरञ्जीवी पौडेलले बताए । उनले भने, “जिविसले रु ७ लाख विनियोजन गरिसकेको छ, सबै गाविसलाई यो योजनामा बजेट छुट््याउन निर्देशन दिएका छांै ।”

सामाजिक कार्यकर्ता तथा म्यागासासे पुरस्कार विजेता महावीर पुनको प्राविधिक सहयोगमा स्थानीय विद्यालय र समुदायको पहलमा हालसम्म म्याग्दीका २१ गाविसमा ताररहित इन्टरनेट सेवा सुविधा विस्तार भएको छ ।

महावीर पुनकै प्राविधिक सहयोगमा सबै गाविसमा वायरलेस इन्टरनेट सेवा विस्तार योजना सञ्चालन गर्न लागेको जिविसले जनाएको छ ।

इन्टरनेट सेवा विस्तारका लागि ५० स्थानमा हटस्पट र रिले स्टेसन निर्माण गर्नुपर्ने जिविसले तयार गरेको प्रस्तावमा उल्लेख गरिएको छ । गाउँ बस्ती र दूरदराजमा इन्टरनेट सुविधाको पहुँच पु¥याउने महत्वाकाङ्क्षी योजनालाई सफल बनाउनका लागि जिल्लास्थित सरोकारवालाले समेत चासो दिन थालेका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>