थप समाचारआइतबार, पौष २०, २०७१

हतियार बुझउँदै सशस्त्र समूह

हिमालखबर

Samachar.inddतराई तथा पूर्वी पहाडमा हिंसारत सशस्त्र समूहहरू प्रभावहीन बन्दै गएपछि धमाधम हतियार बुझउँदैछन् ।

पश्चिम तराईमा हिंसात्मक क्रियाकलाप गर्दै आएको समूह ‘तराई मधेशी टाइगर्स पार्टी’ ले गएको २६ मंसीरमा भैरहवामा भएको वार्तामा आफूसँग भएका सबै हतियार सरकारलाई बुझउने र शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता जनायो ।

संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिसँग गरेको सम्झैता अनुसार २० पुसमा हतियार बुझएमा यो समूह पछिल्लो अवधिमा आफ्ना अवैध हातहतियार बुझउने दशौं सशस्त्र समूह हुनेछ ।

८ जेठ २०७१ यता नौ वटा यस्ता समूहले वार्तामार्फत सरकारलाई हतियार बुझइसकेका छन् भने अरू ११ वटा समूहले हतियार बुझउने सम्झैतामा हस्ताक्षर गरेका छन् ।

युद्धरत तत्कालीन माओवादीमा सक्रिय र पछि माओवादीकै प्रतिकारमा उत्रिएका व्यक्तिहरू समेत संगठित रहेको ‘तराई मधेशी टाइगर्स पार्टी’ ले आफूसँग विभिन्न प्रकारका १३० थान हतियार रहेको दाबी गर्दै आएको छ ।

“हामी हतियार बुझई शान्तिपूर्ण राजनीतिमार्फत संविधान निर्माणमा सकारात्मक सहयोग गर्न तयार छौं” समूहका वार्ता टोली संयोजक जयप्रकाश यादव भन्छन्, “त्यसको बदलामा थुनामा रहेका हाम्रा नेता–कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा खारेज हुनेछन् ।”

संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधान निर्माणमा सबैको भावना समेट्न र त्यसका लागि सहज वातावरण निर्माण गर्न गठन गरेको प्रारम्भिक वार्ता उपसमितिले विभिन्न समूहसँग वार्ता गरिरहेको छ ।

समितिले अहिलेसम्म २१ वटा समूहसँग वार्ता र सहमति गरिसकेको छ । वार्ता टोलीका संयोजक आनन्दप्रसाद ढुंगाना भन्छन्, “संविधानसभा बाहिरबाट समेत संविधान निर्माणको वातावरण बनाउन वार्ता शुरु गरिएको हो, अहिलेसम्म वार्ता भएका २१ समूहमध्ये नौ वटा समूहले सरकारलाई हतियार बुझइसकेका छन् ।”

Samachar.inddयसअघि शान्ति तथा पुनर्निर्माण मन्त्रालयले विभिन्न १०१ समूहसँग वार्ता गरेको थियो । ८ जेठ २०७१ मा गठन भएको वार्ता उपसमितिले शान्ति मन्त्रालयकै स्रोत र आग्रह अनुसार पहिचान भएका समूहसँग वार्ता गरेको उपसमितिका सचिव मुकुन्द शर्मा बताउँछन् ।

उपसमितिसँग वार्ता गर्ने २१ वटै समूह राजनीतिका नाममा हिंसात्मक कृत्य गर्दै आएका समूह हुन् । उनीहरूले हतियार बुझएर शान्तिपूर्ण राजनीतिमा आउने आतुरता देखाए पनि पछिल्लो समय उनीहरूका गतिविधि शून्यप्रायः थिए ।

अरूभन्दा प्रभावशाली मानिएका जयकृष्ण गोइत र ज्वालासिंह नेतृत्वका ‘तराई जनतान्त्रिक मुक्ति मोर्चा’ सँग भने वार्ता भएको छैन ।
दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>