समाचारआइतबार, पौष २०, २०७१

दलहरु ‘सहमति नजिक’

हिमालखबर

प्रमुख तीन दलले संविधानका विवादित विषयमा सहमति नजिक पुगेको दावी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा २० पुस बिहान बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एमोवादी संविधानका प्रमुख विवादित विषय सङ्घीयतामा सहमति नजिक पुगेका हुन् ।

बैठकमा प्रदेशको नाम र सङ्ख्यामा तीन दल सहमति नजिक पुगे पनि सीमाङ्कनमा विवाद कायमै रहेको नेताहरुले बताएका छन् । बैठकपछि कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले विवादित विषयलाई साँघुरो बनाउँदै लग्न तीन दलबीच सकारात्मक कुराकानी भएको बताए ।

प्रदेशको नाम र सङ्ख्याका विषयमा दलहरु सहमति नजिक पुगेको उनले बताए । विवादित विषयमा सहमति जुटाउन २० पुस साँझ मधेसी मोर्चासहित चार दलको बैठक बस्ने तयारी छ ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले दिएको २१ पुससम्मको समयावधिमा सहमति गर्न दलहरु चरणबद्ध द्विपक्षीय र बहुपक्षीय छलफलमा जुटिरहेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>