समाचारआइतबार, पौष २०, २०७१
पूर्व राजा ज्ञानेन्द्र शाह बारामा

तस्वीर: श्याम गुप्ता
पूर्वराजा ज्ञानेन्द्र शाह २० पुसमा बाराको सिमरामा आइपुगेका छन् ।
भ्रमणलाइ निजी बताउँदै पूर्वराजा शाह जिल्लाको गढीमाई नगरपालिकास्थित आफन्त प्रभु शम्शेरको निवासमा बसेका छन् ।
२० पुस दिउँसो तीन बजे बारा आइपुगेका शाहको स्वागतका लागि उनका समर्थकहरु प्रभु निवास अगाडि बिहानैदेखि कुरेर बसेका थिए । भ्रमण अत्यन्त निजी भएको बताउँदै बिगतमा जस्तो उनको स्वागतका लागि तुल, ब्यानर तथा गेटहरु बनाइएको छैन ।
आँफैले गाडी हाँकेर चितवनबाट बारा आएका शाह यहाँ स्वागतमा उपस्थित समर्थकहरु देखेपछि गाडीबाट ओर्लेर फूल माला लिई करिब १५ मिनेटको भलाकुसारीपछि प्रभुनिवास तर्फ लागेका थिए ।
बार र आसपासका क्षेत्रमा उनका कार्यक्रमबारे २१ पुसमा सार्वजनिक गरिने बताइएको छ ।
एक साताको चितवन बसाईपछि शाह बारा आइपुगेका हुन् । उनले यसअघि पनि बारालाई मुकाम बनाएर तराइका जिल्लाहरुको भ्रमण गरेका थिए । एक साता लामो चितवन बसाईमा उनले नाती हृदयन्द्रसँगै हात्ती फूटबल हेर्नेदेखि वरपरका स्थानमा भ्रमण गरेका थिए ।
श्याम गुप्ता,बारा
