समाचारआइतबार, पौष २०, २०७१

सशस्त्र द्वन्द्वकालका दोषीलाई कारबाही गरः मानवअधिकार आयोग

हिमालखबर

राष्ट्रिय मानवअधिकार आयोगले सशस्त्र द्वन्द्वकालका चार घटनाका दोषीलाई कारबाही गर्न सिफारिश गरेको छ । आयोगले २० पुसमा म्याग्दी सदरमुकाम बेनी आक्रमण, रामेछाप सालुका टेकराज घिसिङको हत्या, काभ्रेस पोखरीचौरीका बद्री तिवारी हत्या र मोरङ विराटनगरका रुद्र चापागाईंको हत्या घटनामा संलग्नलाई पहिचान गरी कारबाही गर्न सरकारलाई सिफारिश गरेको छ ।

चारै घटनाका मृतकका हकवालालाई रु.३ लाखको दरले क्षतिपूर्ति दिन पनि आयोगले सिफारिश गरेको प्रवक्ता मोहना अन्सारीले जानकारी दिइन् ।

तत्कालीन नेकपा माओवादीले ७ चैत २०६० मा म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेका थिए । यस्तै, सुरक्षाकर्मीले २७ पुस २०६० मा रामेछाप सोलु गाविस–६ मा रहेको एक होटलमा कार्यरत टेकराज घिसिङ, माघ २०५९ मा काभ्रे पोखरीचौरीका बद्री तिवारी र मोरङ विराटनगर घर भएका रुद्र चापागाईंको ७ बैशाख २०६२ मा काठमाडौंमा हत्या गरेका थिए ।

आयोगले दोषी सुरक्षाकर्मीको पहिचान गरी कानूनी कारबाही गर्न र तत्कालीन नेकपा माओवादी कार्यकर्तालाई अन्तर्राष्ट्रिय मानवीय कानून उल्लंघनकर्ताको रुपमा अभिलेख राखी कारबाही अघि बढाउन सरकारलाई भनेको प्रवक्ता अन्सारीले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>